२० असार २०८३, शनिबार

यात्रुवाहक गाडी नदीमा खस्यो

कात्तिक १२, २०८१
काठमाडौं
यात्रुवाहक गाडी नदीमा खस्यो

दक्षिणी अफगानिस्तानको उरुजगान प्रान्तमा एउटा काठको पुलबाट गाडी नदीमा खस्दा कम्तीमा आठ यात्रुको मृत्यु भएको छ ।

स्थानीय समयअनुसार सोमबार बिहान ३ः०० बजे प्रान्तको ग्याजाब जिल्लाको बाहिरी भागमा रहेको काठको पुल भारी तौलका कारण भाँचिएर दुर्घटना भएको सूचना तथा संस्कृति प्रान्तीय निर्देशक आगा वली कुरिशीले सिन्ह्वालाई बताए । 

पुलको जीर्ण अवस्था, ओभरलोडिङ र लापरवाही सवारीसाधन नै यस दुर्घटनाको मुख्य कारण हो ।

पहाडी मध्य एसियाली देश अफगानिस्तानमा सडक दुर्घटनाहरू सामान्य छन् । प्रायः खराब ड्राइभिङ, भीडभाड, सडकहरूमा यात्रुहरूका लागि सुरक्षा उपायहरूको अभाव, चुनौतीपूर्ण भू–भाग र पुराना सवारी साधनहरूको कारणले गर्दा दुर्घटना हुने गर्छ ।

salt training

कमेन्ट गर्नुहोस्