१९ असार २०८३, शुक्रबार

अमेरिकी राष्ट्रपति ट्रम्प चीन पुगे

कात्तिक २२, २०७४
अमेरिकी राष्ट्रपति ट्रम्प चीन पुगे

बेइजिङ, २२ कात्तिक - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार चीन पुग्नुभएको छ । उहाँ बुधबार अपरान्ह चीनको राजधानी बेइजिङ पुग्नुभएको समाचारमा जनाइएको छ । चीनको राजकीय भ्रमणका क्रममा उहाँ आज दक्षिण कोरियाबाट चीन पुग्नुभएको हो । एसिया भ्रमणका क्रममा उहाँ गत आइतबार जापान पुग्नुभएको थियो । 


गत जनवरीमा उहाँ अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि उहाँ पहिलो पटक चीन भ्रमणमा आउनुभएको हो । 

दुई हप्तामात्र अघि चीनमा सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेशनपछि चीन भ्रमण गर्ने राष्ट्रपति ट्रम्प नै पहिलो विदेशी राष्ट्रपति हुनुहुन्छ । 

उहाँको यो तीन दिने राजकीय भ्रमण भएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । राष्ट्रपति ट्रम्प एसियाका विभिन्न पाँच देशको १२ दिने औपचारिक भ्रमणमा हुनुहुन्छ । 

salt training

कमेन्ट गर्नुहोस्