०१ असार २०८३, सोमबार

योजना आयोगका पूर्वउपाध्यक्ष सैँजुको निधन

कात्तिक १४, २०८१
काठमाडौं
योजना आयोगका पूर्वउपाध्यक्ष सैँजुको निधन

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. मोहनमान सैँजुको ८३ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि पार्किन्सन्स रोगसम्बन्धी समस्या झेल्दै आएका सैँजुको सानेपास्थित आफ्नै निवासमा मङ्गलबार साँझ निधन भएको उनकी छोरी मिता प्रधानले जानकारी दिइन् ।

उनले अमेरिकाका लागि नेपाली राजदूत, गरिबी निवारण कोषको उपाध्यक्ष, राष्ट्रिय योजना आयोगको सदस्य, त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष तथा सेडाको प्रमुख विशेषज्ञ भई काम गरेका थिए।​

सुप्रवल गोर्खा दक्षिण बाहु, महेन्द्र विद्या भूषण, प्रवल त्रिशक्ति पट्टबाट उनी सुशोभित थिए । 

पूर्वराजदूत सैँजुका आर्थिक, सामाजिक तथा विकास नीतिसम्बन्धी एक सय ५० भन्दा धेरै लेख विभिन्न पत्रपत्रिकामा अङ्ग्रेजी तथा नेपाली भाषामा प्रकाशित छन् ।

श्रीमती, एक छोरा, एक छोरी छन् । उजको शुक्रबार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्