०९ असार २०८३, मंगलबार

फालेलुङ विस्फोटमा परी मृत्यु भएका परिवारलाई सरकारले पाँच लाख आर्थिक सहायता दिने

कात्तिक १४, २०८१
काठमाडौं
फालेलुङ विस्फोटमा परी मृत्यु भएका परिवारलाई सरकारले पाँच लाख आर्थिक सहायता दिने

मन्त्रिपरिषद्ले पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका वडा नं ५ मा भएको विस्फोटमा परी मृत्यु भएका दिप्सन साँवा र प्रिन्सा साँवाको एकाघरको परिवारलाई प्रतिपरिवार बिलबमोजिम बढीमा रु पाँच लाखका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।
       
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा यही कात्तिक ८ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्तासमेत रहनुभएका पृथ्वीसुब्बा गुरुङले सो आर्थिक सहायता दिने निर्णय गरेको जानकारी दिए । 

    त्यस्तै मन्त्रिपरिषद्ले बबई सिँचाइ आयोजनाका लागि बर्दिया जिल्ला, गुलरिया नगरपालिकामा करिब ६५ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । बैठकले विसं २०८१ कात्तिक २१ देखि २७ सम्म मेक्सिकोमा दुईपक्षीय र बहुपक्षीय बैठकहरूमा सहभागी हुन कृषि तथा पशुपन्छी विकासमन्त्रीलाई स्वीकृति प्रदान गर्ने गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्