०६ असार २०८३, शनिबार

काठमाडौंमा धुवा फ्याँक्दै हिँड्ने ४५० सवारी साधनलाई कारबाही

कात्तिक २२, २०७४
काठमाडौंमा धुवा फ्याँक्दै हिँड्ने ४५० सवारी साधनलाई कारबाही

काठमाडौँ, २२ कात्तिक– ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा बढी मात्रामा धुवाँ निकाल्दै हिँड्ने सवारी साधनमाथि कारबाही थालेको छ । 

प्रमुख पर्यटकीय क्षेत्र ठमेललाई सवारीमुक्त बनाएको ट्राफिकले उपत्यकाभरि धेरै मात्रामा धुवाँ फ्याँक्दै हिँडेका सवारी साधनलाई कारबाही शुरु गरेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले असोज ३१ गतेदेखि हालसम्म ४५० वटा त्यस्ता सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही गरेको जनाएको छ । 

जसमा प्रदूषण स्टिकर फेल भएका ३१७, स्टिकर नर्भका आठ र बढी धुवाँ फाल्ने १२५ सवारीसाधन छन् । 

महाशाखाका प्रमुख सर्वेन्द्र खनालले सुन्दर, सफा र स्वच्छ काठमाडौँ निर्माणका लागि यस्तो अभियान चालिएको जानकारी दिए । ‘प्रदूषण जाँच गर्ने निकायले प्रदूषण नै जाँच नगरी स्टिकर दिने प्रचलन बढेको पाइएपछि प्रदूषण जाँचसम्बन्धी अभियान सञ्चालन गरेका हौँ,’ उनले भने । 

महाशाखाले यसअघि ठूलो आवाज निकालेर सञ्चालन भएका सवारीसाधनमाथि कारबाही अभियान सञ्चालन गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्