११ साउन २०८३, सोमबार

सभापति देउवाद्वारा प्रतिष्ठानका १८ सदस्यलाई शपथग्रहण

कात्तिक १५, २०८१
काठमाडौं
सभापति देउवाद्वारा प्रतिष्ठानका १८ सदस्यलाई शपथग्रहण

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका नवनियुक्त १८ सदस्यलाई शपथग्रहण गराएका छन् । 

पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री देउवाले बुधबार मनोनयन भएका १८ सदस्यलाई शपथग्रहण गराएका हुन्। कार्यक्रममा सभापति देउवाले उद्देश्यअनुरूप सक्रिय र इमान्दार भई कार्यसम्पादन गर्न प्रतिष्ठानका पदाधिकारी एवं सदस्यलाई निर्देशन दिए ।

शपथ ग्रहणपछि  पार्टी उपसभापति तथा प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काको सभापतित्वमा प्रतिष्ठान कार्यसमितिको पहिलो बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको छ ।

    बैठकमा प्रतिष्ठान प्रमुख एवं उपसभापति खड्काले जिम्मेवारी ग्रहण गरिसकेपछि आत्म अनुशासनमा बस्न ध्यानाकर्षण गराउँदै पार्टीलाई सङ्गठित, अनुशासित बनाउँदै समयसापेक्ष नीति तथा कार्यक्रम बनाउने, विभिन्न विषयमा अनुसन्धान गर्ने र प्रशिक्षणलाई पार्टीको विभिन्न तहमा अभियानका रुपमा सञ्चालन गर्ने दायित्व प्रतिष्ठानमा रहेको विषयलाई जोड दिए । 

बैठकले प्रतिष्ठानमा हाल उपलब्ध प्रशिक्षण पाठ्यसामग्रीलाई परिमार्जन गरी आगामी कात्तिक २६ गतेभित्र प्रतिष्ठान प्रमुखलाई प्रतिवेदन बुझाउने गरी कार्यसम्पादन गर्ने निर्णय गरेको छ । उक्त प्रयोजनका लागि आवश्यक परामर्श गरी तत्काल उपसमिति गठन गर्ने जिम्मेवारी प्रतिष्ठान प्रमुखलाई दिएको छ ।

    बैठकमा प्रतिष्ठानले अहिलेसम्म गरेका कामको समीक्षा गर्दै नीति, अनुसन्धान र प्रशिक्षण क्षेत्रलगायत विविध विषयमा छलफल भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्