२३ असार २०८३, मंगलबार
रोशीले लुछेको डोल्माकोखुशी

​​हेर्दाहेर्दै रोशी खोलाले बगायो १८ वर्षको मेहनत, ओभाउन सकेका छैनन् आँखा [भिडियो]

कात्तिक १५, २०८१
काठमाडौं
​​हेर्दाहेर्दै रोशी खोलाले बगायो १८ वर्षको मेहनत, ओभाउन सकेका छैनन् आँखा [भिडियो]

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९, नार्के बजारकी दावा डोल्मा शेर्पाका ​आँखा गत असोज १२ गतेदेखि ​ओभाएका छैनन् ।

उनले १८ वर्षसम्म मेहनत गरेर जोडेको पसल रोशी खोलाको बाढीले हेर्दाहेर्दै बगायो ।

रोडपट्टि पसलको सटर र भित्र खाने सुत्ने कोठा थियो । छिमेकीको पसल चर्किएपछि डोल्मा बाहिर निस्किइन् । क्षणभरमै डोल्माको सारा खुशी रोशीसँगै बग्यो । ​​

खेतीपातीबाटै जीवनयापन गरिरहेकी सिन्धुलीकी दावा डोल्मा तामाङले १८ वर्षअघि व्यापारीको परिचय बनाएकी थिइन् । २०६३ मा उनले ३६ हजार लगानीमा फेन्सी शुरू गरेकी थिइन् । 

पसल शुरू गरेको १० महिनापछि  डोल्माले अरूको पुरानो पसल किनिन् ।

null

त्यतिबेला उनको लगानी बढेर १ लाख ४० हजार पुग्यो । डोल्मा र उनको परिवार आफ्नो मेहनत र त्यसको प्रतिफलमा सन्तुष्ट नै थिए । तर, १८ वर्षको अहिले शून्यमा पुगेको छ ।​

डोल्माका एक छोरा र एक छोरी छन् । दुवैलाई उनले पसलबाट हुने आम्दानीले नै हुर्काएकी हुन् । छोरीलाई विदेश पनि पठाइन् । अहिले उनको हातमा केही बाँकी छैन ।

पसल मात्र होइन, १७ मुरी धान फल्ने खेत पनि बगर बनेको छ । आम्दानीको स्रोत बाढीमा बगेपछि आँसु झार्नुबाहेक उनीसँग विकल्प छैन ।

उनको जिन्दगी उजाडिएको छ । तर, उनी विस्तारै हिम्मत जुटाउँदै छिन् । उपयुक्त ठाउँको जोहो गर्न पाए फेरि पसल गर्न हुन्थ्यो भन्ने उनलाई लागेको छ ।

भिडियो  :​

 

salt training

कमेन्ट गर्नुहोस्