२४ जेठ २०८३, आइतबार

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

कात्तिक १६, २०८१
पाल्पा
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

पाल्पाको माथागढी गाउँपालिका–२ रुप्सेमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । 

ट्रकको ठक्करबाट सोही स्थानका ५३ वर्षीय टेकबहादुर ढेँगाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

बिहीबार साँझ माथागढीको खहरेबाट फेँदीतर्फ जाँदै गरेको लु २ ख १४५ नम्बरको ट्रकले पैदलयात्री ढेँगालाई फेँदीमा ठक्कर दिएको हो । ​

ठक्करबाट गम्भीर घाइते भएका ढेँगालाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रवास पठाइकोमा चिकित्सकले बिहीबार राति मृत घोषणा गरेका हुन् ।

ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएर घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्