३१ जेठ २०८३, आइतबार

काठमाडौं महानगरद्वारा ३५ बोरा प्लास्टिकका माला बरामद

कात्तिक १६, २०८१
काठमाडौं
काठमाडौं महानगरद्वारा ३५ बोरा प्लास्टिकका माला बरामद
फाइल तस्वीर

काठमाडौं महानगरपालिकाले प्रयोगका लागि निषेध गरेको ३५ बोरा प्लास्टिकको माला बरामद गरेको छ ।

नगर प्रहरीले विभिन्न पसलबाट प्लास्टिकका माला बरामद गरेको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

कामपाले यही कात्तिक १४ गतेदेखि प्लास्टिकको माला, विदेशी फूलको प्रयोग र भण्डारणको अवस्थाबारे अनुगमन गरिरहेको छ ।

अनुगमनका क्रममा कोटेश्वरबाट ना ४ ख ३१६८ नम्बरको मालवाहक सवारीसाधनबाट विदेशी फूलका माला पनि बरामद गरिएको पाण्डेले बताए । 

कामपाले फूल व्यापारीलाई सहजताका लागि ४६ स्थानमा निःशुल्क स्वदेशी फूल बिक्री स्थान तय गरेको छ ।  

कामपाले दीपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा यही कात्तिक १४ देखि १७ गतेसम्म चार दिनका लागि मल, मार्ट, पार्क, पार्टी प्यालेस, बिजनेस सेन्टरहरूमा किसानहरूलाई निःशुल्क स्थान उपलब्ध गराइएको छ । 

कामपाले गत वर्षबाट किसानलाई स्वदेशी फूल बिक्रीस्थल उपलब्ध गराउन थालेको हो ।  किसानलाई सहज होस् भनेर विभिन्न स्थानमा बिक्री स्थान तोकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्