०१ साउन २०८३, शुक्रबार

हङकङ सिक्सेस प्रतियोगिता : नेपाल क्वाटरफाइनलमा श्रीलङ्कासँग पराजित

कात्तिक १७, २०८१
काठमाडौं
हङकङ सिक्सेस प्रतियोगिता : नेपाल क्वाटरफाइनलमा श्रीलङ्कासँग पराजित

नेपाल हङकङ सिक्सेस क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलबाट बाहिरिएको छ । आज भएको खेलमा नेपाल श्रीलङ्कासँग ४० रनले पराजित भएको हो । 

हङकङको मिसन रोड क्रिकेट मैदानमा भएको क्वाटरफाइनल खेलमा श्रीलङ्काले दिएको एक सय २४ रनको लक्ष्य पछ्याएको नेपालले पाँच ओभरमा सबै विकेट गुमाउँदै ८३ रन मात्र बनायो ।

नेपालका लागि राशिद खानले सर्वाधिक ५५ रन बनाए । उनले १८ बलमा आठ छक्का र एक चौका हाने । यस्तै नारायण जोशीले १३ रन बनाए ।

बलिङतर्फ श्रीलङ्काका लागि थरिन्दु रत्नानायके र लाहिरु समराखोनले दुई दुई तथा धनञ्जय लक्शन र कप्तान लिहुरु मदुसन्काले एक एक विकेट लिए । 

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलङ्काले निर्धारित ६ ओभरमा दुई विकेट गुमाउँदै एक सय २३ रन बनायो ।

श्रीलङ्काका लागि सदुन विराकोडीले १४ बलमा पाँच छक्का र चार चौकाको मद्दतमा ५० रन बनाए । यसैगरी कप्तान लिहुरु मदुसन्काले अविजित ३१, लाहिरु समराखोनले अविजित २२ र थनुका डबारेले १८ रन बनाए ।

बलिङतर्फ नेपालका लागि नारायण जोशी र प्रतिश जिसीले एक एक विकेट लिए । यसअघि समूह चरणको खेलमा भने नेपालले इङ्ल्यान्ड र अस्ट्रेलियालाई हराएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्