१६ असार २०८३, मंगलबार

पैसा बाँडेको भन्दै निर्वाचन आयोगद्वारा एमाले उम्मेदवारविरुद्ध २४ घण्टे स्पष्टीकरण माग

कात्तिक २२, २०७४
पैसा बाँडेको भन्दै निर्वाचन आयोगद्वारा एमाले उम्मेदवारविरुद्ध २४ घण्टे स्पष्टीकरण माग

काठमाडौं, कात्तिक २२  निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट डोटी जिल्लाको प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रेमबहादुर आलेमगरले निर्वाचन आचारसंहिता विपरित मतदातालाई रकम बाँडेको भन्ने उजुरीका सम्बन्धमा २४ घण्टाभित्र आयोगमा स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

आयोगले उम्मेदवार आलेलाई पठाएको पत्रमा चुनावी दौडमा रहेका निवर्तमान एमाले साँसदले पैसा बाँडेको आरोप भन्ने एक अनलाइनमा प्रकाशित समाचारप्रति आयोगको ध्यानाकर्षण भएको जनाएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आचारसंहिता लागू भइरहेको अवस्थामा प्रतिनिधिसभा सदस्यको उम्मेदवारले मतदातालाई रकम बाँडेको विषय निर्वाचन आचारसंहिता विपरित देखिएको हुँदा उक्त क्रियाकलापमा संलग्न भए वापत निर्वाचन आयोग ऐनअनुसार उम्मेदवारी रद्द किन नगर्ने भन्ने प्रश्न गरेको छ ।

पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले जानकारी दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्