०८ असार २०८३, सोमबार

प्रधानमन्त्री ओलीले शुभसाइतमै लगाए बहिनीहरूबाट टीका

कात्तिक १८, २०८१
काठमाडौं
प्रधानमन्त्री ओलीले शुभसाइतमै लगाए बहिनीहरूबाट टीका

प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरू विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीको हातबाट शुभसाइतमा टीका लगाएका छन् ।

प्रधानमन्त्री ओलीले आज बालुवाटारस्थित सरकारी निवासमा बहिनीहरूबाट भाइटीका लगाएका ओलीको स्वकीय सचिवालयले जनाएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत आज बिहान ११ बजेर ३७ मिनेटका लागि निर्धारण गरेको थियो  ।

उत्तम साइतपछि पनि दिनभर टीका लगाउन सकिने समितिले जनाएको छ ।​

यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने परम्परा छ ।

salt training

कमेन्ट गर्नुहोस्