०६ असार २०८३, शनिबार

देशका केही स्थानमा वर्षा, मङ्गलबारदेखि मौसममा क्रमिक सुधार हुने

कात्तिक १८, २०८१
काठमाडौं
देशका केही स्थानमा वर्षा, मङ्गलबारदेखि मौसममा क्रमिक सुधार हुने

बागमती प्रदेश र कोशी प्रदेशको केही पहाडी भू–भागमा आज हल्का वर्षा भएको छ । राजधानीका काठमाडौँका केही स्थानमा समेत हल्ला वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

 महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार सोमबार विशेष गरी बागमती, कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थान, बाँकी पहाडी भू–भागको थोरै स्थान तथा तराईका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
 
हल्का वर्षा हुने भएकाले यसबाट खासै प्रभाव नपर्ने वरिष्ठ मौसमविद् कँडेलले उल्लेख गरिन् । मङ्गलबारदेखि क्रमिकरुपमा मौसममा सुधार हुँदै जाने उनले जानकारी दिइन् । 

salt training

कमेन्ट गर्नुहोस्