०२ असार २०८३, मंगलबार

चोरी मुद्दाका फरार अभियुक्त पक्राउ

कात्तिक २२, २०७४
चोरी मुद्दाका फरार अभियुक्त पक्राउ


काठमाडौँ २२ कात्तिक - नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले चोरी गरेर फरार भएका एक अभियुक्तलाई पक्राउ गरेको छ । 

चोरी मुद्दामा काठमाडौँ जिल्ला अदालतको २०७३ चैत २९ गतेको फैसलाले १३ वर्ष १० महिना कैद तथा रु एक लाख ८७ हजार ३६० जरिवाना हुने ठहर गरेको नुवाकोटका सीताराम तिमिल्सिनालाई ब्युरोको टोलीले आज मनमैजुबाट पक्राउ गरेको हो । 

तिमिल्सिनाले काठमाडौँको नयाँ सडकस्थित रञ्जना ट्रेडर्स सेन्टरमा २०७३ कात्तिक ८ गते सामान किन्ने बहानामा विभिन्न पसलबाट लत्ताकपडा तथा अन्य सामान चोरी गरेका थिए । 

तिमिल्सिनालाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएकामा अदालतको आदेशले कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाइएको ब्युरोले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्