२७ जेठ २०८३, बुधबार

लागुऔषधसहित तीन पक्राउ

कात्तिक २२, २०७४
लागुऔषधसहित तीन पक्राउ

लमजुङ, २२ कात्तिक - लमजुङ प्रहरीले लागुऔषधसहित आज सुन्दरबजार–९ सिउँडीबारबाट दुई भारतीयसहित तीनजनालाई पक्राउ गरेको छ । 

गस्तीका क्रममा आज दिउँसो सुन्दरबजार सिउँडीबारबाट भारत मोतिहारीका असरफ अली र अबुल कायस तथा सुन्दरबजारका विकास न्यौपानेबाट लागुऔषध दुईसय एमएल मात्राका डाइजोपाम, फेनारगन र नुफिन एक÷एकवटा, ११ ग्राम गाँजा र रिफआइ नाम भएको लागुऔषध ५६ ट्याब्लेट पनि बरामद गरिएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्