२३ जेठ २०८३, शनिबार

‘प्रादेशिक राजधानी विराटनगर हुनुपर्ने’

कात्तिक २२, २०७४
‘प्रादेशिक राजधानी विराटनगर हुनुपर्ने’


विराटनगर, २२ कात्तिक - राष्ट्रिय जनता पार्टी मोरङले प्रदेश नं १ को राजधानी विराटनगरलाई बनाउनुपर्ने निर्णय गरेको छ । 

सो पार्टीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा संयोजक मोहम्मद कादिरले आवश्यक पूर्वाधार भएकाले विराटनगर नै प्रादेशिक राजधानी हुनुपर्ने निर्णय गरिएको बताउनुभयो । 

त्यस्तै पार्टी निर्णयविरुद्ध अन्य पार्टीबाट मोरङ क्षेत्र नं ४ को (ख) मा उम्मेदवारी दिएका श्रीराम कामतलगायत नसरुल, मियाँ, राधे कामल र कमलेस कामतलाई कारबाही गरिएको उहाँले जानकारी दिनुभयो । 

संयोजक कादिरले राजपाले १ नं प्रदेशमा अन्य कुनै पार्टीसँग तालमेल नगरेको बताउँदै संविधान संशोधन गर्न आफ्ना पार्टीका उम्मेदवारलाई जनताले विजयी गराउने दाबी गर्नुभयो । 

राजपाले मोरङमा १ नं क्षेत्रबाहेक प्रतिनिधिसभामा पाँच र क्षेत्र नं ४ को (ख) बाहेक ११ गरी १६ स्थानमा उम्मेदवारी दिएको सो अवसरमा जानकारी दिइयो । 

salt training

कमेन्ट गर्नुहोस्