२५ जेठ २०८३, सोमबार

दुई बस एकआपसमा ठोक्किँदा १३ जना घाइते

कात्तिक २१, २०८१
धादिङ
दुई बस एकआपसमा ठोक्किँदा १३ जना घाइते

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा दुई वटा बस एक-आपसमा ठोक्किँदा १३ जना घाइते भएका छन् ।

काठमाडौंबाट गोरखातर्फ जाँदै गरेको बा ४ ख ४४७६ नम्बरको बस तथा चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा ५ ख ३४९५ नम्बरको बस एकआपसमा ठोक्किएका हुन् ।

घाइतेलाई उपचारका लागि आदमघाट र गजुरीका स्वास्थ्य संस्थामा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रल्हाद सिलवालले जानकारी दिए ।​​

दुर्घटनाग्रस्त बस सडकबाट पन्छाएर अवरुद्ध यातायात पुनः सञ्चालन गर्ने प्रयास भइरहेको उनले बताए ।

तीव्र गतिमा गुडिरहेका दुवै बस अनियन्त्रित भई एकआपसमा ठोक्किएका प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्