
कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिएका छन् ।
बिनाअनुमति जापान गएको विषयमा विवादमा तानिएपछि मन्त्री अधिकारीले राजीनामा दिएका हुन्।
उनले मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा पत्र बुझाएका हुन् । गत कात्तिक १३ गते उनी सुटुक्क जापान गएका थिए ।
नैतिकता देखाएर राजीनामा दिएको उनले पत्रकार सम्मेलन गरेर जानकारी दिए ।
टोकियो महानगरले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनी जापान गएका थिए ।