२५ जेठ २०८३, सोमबार

कांग्रेसबाट ९ उम्मेदवार सर्वसम्मत

कात्तिक २१, २०८१
काठमाडौं
कांग्रेसबाट ९ उम्मेदवार सर्वसम्मत

स्थानीय तह उपनिर्वाचनको लागि नेपाली कांग्रेसबाट ९ जना उम्मेदवार सर्वसम्मत भएका छन् ।

नेपाली कांग्रेस ‘स्थानीय तह उपनिर्वाचन- २०८१ केन्द्रीय संयोजन समिति’का सदस्य मधु आचार्यले दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षसहित अन्य पालिका गरी ९ ठाउँमा सर्वसम्मत उम्मेदवार तय भएको जानकारी दिए ।

जसमा गौरीशंकरको उपाध्यक्षका लागि पासदिकी तामाङ कांग्रेसबाट सर्वसम्मत भएकी छिन् ।

झापाको कन्काई नगरपालिका ६ बाट रामगोपाल ओली, कन्चनपुर भीमदत्त नगरपालिका ६ बाट प्रकाशबहादुर चन्द, गुल्मीको मुसिकोट नगरपालिका १ बाट आनन्द श्रेष्ठ सर्वसम्मत भएका छन् ।

त्यस्तै, सुनसरीको गढी गाउँपालिका ६ बाट तेतर साह, कालिकोटको तिला गुफा नगरपालिका ४ बाट अविराज शाही, तेह्रथुम, लालीगुराँस नगरपालिका ८ बाट नगेन्द्र लिम्बू सर्वसम्मत भएका हुन् ।

यस्तै, गोरखाको गण्डकी नगरपालिका ५ मा पनि उम्मेदवार सर्वसम्मत भएको आचार्यले जानकारी दिए । 

त्यस्तै, कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा केशवराज पन्तको नाम पनि टुंगिएको छ । उनको नाम प्रदेशबाट निर्णय हुन बाँकी छ । 

समितिले कात्तिक २५ गतेसम्म उम्मेदवारको अन्तिम टुंगो लगाउने आचार्यले जानकारी दिए । 

मंसिर १६ गते हुने विभिन्न ४४ स्थानको उपनिर्वाचनको लागि २ गते उम्मेदवारी मनोनयनको कार्यक्रम छ ।

salt training

कमेन्ट गर्नुहोस्