११ असार २०८३, बिहीबार

चाँदीबाट बनाइएका नोटसहित सुन पसल सञ्चालक पक्राउ

कात्तिक २१, २०८१
काठमाडौं
चाँदीबाट बनाइएका नोटसहित सुन पसल सञ्चालक पक्राउ

चाँदीबाट बनाइएका नोटसहित एक जना पक्राउ परेका छन् ।

५ सय र एक हजार दरका नक्कली नेपाली नोटसहित भक्तपुरबाट सुन पसल सञ्चालक सोहिल शाक्यलाई प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले सूर्यविनायक–८ सिपाडोलस्थित इन्द्र ज्वेलर्स सुन चाँदी पसलका सञ्चालक शाक्यलाई नियन्त्रणमा लिएको हो ।

शाक्यले नेपाल राष्ट्र बैंकले निकाले जसरी ती नोटहरू तयार गरेर बिक्री गरेको सीआईबीले जनाएको छ ।​​

सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीका अनुसार शाक्यले बनाएका हजार दरको एक सय १३ थान र ५ सय दरका २८ थान नोटहरू बरामद भएका छन्।

शाक्यले उक्त नोट बिक्रीमा भन्दै सामाजिक सञ्जालमा विज्ञापन गरेका थिए ।

एसपी बोगटीले भने, ‘नक्कली नोटमा चाँदीको लेप लगाएर त्यसलाई बाहिरबाट लेमिनेसन गरी बिक्री गर्ने गरेको देखिन्छ। हामी अनुसन्धान गरिरहेका छौं ।’

salt training

कमेन्ट गर्नुहोस्