१९ असार २०८३, शुक्रबार

बागलुङ बस दुर्घटनामा २१ जना घाइते

कात्तिक २१, २०८१
बाग्लुङ
बागलुङ बस दुर्घटनामा २१ जना घाइते

बागलुङमा आज बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

रुकुमदेखि काठमाडौंका लागि छुटेको ना ८ ख ८४१४ नम्बरको बस बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेका सबै घाइतेलाई बुर्तीवाङ प्राथमिक केन्द्र बागलुङमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक सुनिल शर्माले जानकारी दिए ।

गाडीमा ४० यात्रु सवार रहेको प्रहरीको भनाइ छ । 

हाल प्रहरी र स्थानीयले उद्धार गरिरहेको प्रहरी निरिक्षक शर्माले बताए ।

उनका अनुसार बुर्तीवाङबाट थप प्रहरी पठाइएको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्