२६ जेठ २०८३, मंगलबार
वाम गठवन्धनको चुनावी कार्यक्रम

नारायणकाजीलाई चुनाव जिताउन ओली र प्रचण्ड गोरखा जाने, देशभर संयुक्त चुनावी सभा

कात्तिक २३, २०७४
नारायणकाजीलाई चुनाव जिताउन ओली र प्रचण्ड गोरखा जाने, देशभर संयुक्त चुनावी सभा

काठमाडौं, २३ कात्तिक– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशभर संयुक्त रुपमा चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । 

संयुक्त चुनावी सभाको शुरुवात गोरखाबाट हुने छ । कात्तिक २९ गते ओली र प्रचण्ड गोरखामा आयोजना हुने ४ वटा सभामा सहभागी हुनेछन् । 

माओवादी नेताका अनुसार गोरखा क्षेत्र नम्बर १ र क्षेत्र नम्बर २ मा २–२ वटा कार्यक्रम आयोजना गरिनेछन् । प्रतिनिधिसभातर्फ गोरखा क्षेत्र नम्बर २ मा वाम गठवन्धनबाट माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ उम्मेदवार छन् । क्षेत्र नम्बर १ मा माओवादीकै हरि अधिकारी उम्मेदवार छन् । 

गोरखा २ मा नारायणकाजीको विपक्षमा पूर्वमाओवादी नेता बाबुराम भट्टराई प्रतिस्पर्धामा छन् । बाबुरामले कांग्रेसको साथ लिएका छन् । 

ओली र प्रचण्डले देशभर करिव एक दर्जन ठाउँमा आयोजना हुने संयुक्त चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । 

दुवै नेताले कात्तिक ३० गते बागलुङ र स्याङ्जामा आयोजना हुने सभालाई सम्बोधन गर्नेछन् । त्यसपछि ओलीको चुनावी क्षेत्र झापाको दमकमा मंसिर २ गते संयुक्त चुनावी सभा आयोजना गरिनेछ । 

ओलीको चुनावी क्षेत्रमा आयोजना हुने सभामा प्रचण्डले पनि सम्बोधन गर्नेछन् । 

त्यस्तै मंसिर ३ गते झापाको काँकडभिट्टा र मोरङको विराटचोकमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । मंसिर ५ गते बुटवल र दाङ,  ७ गते सुर्खेत र दैलेख, ८ गते कैलाली र कञ्चनपुरमा आयोजित संयुक्त चुनावी सभालाई दुवै नेताले सम्बोधन गर्नेछन् । त्यसपछि मंसिर ९ गते कास्कीको पोखरामा संयुक्त चुनावी कार्यक्रम हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्