२९ असार २०८३, सोमबार

ट्रम्पको जितमा अफगानिस्तानको तालिबान सरकारले के भन्यो ?

कात्तिक २२, २०८१
काठमाडौं
ट्रम्पको जितमा अफगानिस्तानको तालिबान सरकारले के भन्यो ?

अफगानिस्तानको तालिबान सरकारले पनि अमेरिकामा डोनाल्ड ट्रम्पको चुनाव जितेको प्रतिक्रिया दिएको छ ।

तालिबान सरकारको विदेश मन्त्रालयले सन्तुलित परराष्ट्र नीतिको आशा राख्दै आगामी अमेरिकी सरकारले दुई देशबीचको द्विपक्षीय सम्बन्धमा ठोस प्रगति सुनिश्चित गर्ने विश्वास व्यक्त गरेको छ ।

तालिवानको विदेश मन्त्रालयले विश्वभर चलिरहेको द्वन्द्व, विशेषगरी गाजा र लेबनानमा जारी तनाव अन्त्य गर्न ट्रम्पले महत्वपूर्ण भूमिका निर्वाह गर्ने आशा पनि व्यक्त गरेको छ ।

सन् २०१६ मा ट्रम्प पहिलो पटक राष्ट्रपति बनेपछि अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने घोषणा गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्