०३ असार २०८३, बुधबार

तेजरत्न आँखा उपचार केन्द्रलाई २० लाख सहयोग

कात्तिक २२, २०८१
संखुवासभा
तेजरत्न आँखा उपचार केन्द्रलाई २० लाख सहयोग

सङ्खुवासभा सदरमुकाम खाँदबारीमा समुदायद्वारा सञ्चालित तेजरत्न आँखा उपचार केन्द्रलाई स्थानीय मनोजकुमार श्रेष्ठको परिवारले रु २० लाख प्रदान गरेको छ ।

बुधबार एक कार्यक्रमका बीच श्रेष्ठले आँखा उपचार केन्द्रलाई रु २० लाखको चेक हस्तान्तरण गरेका हुन् । उक्त रकम गरिब, असहाय, दलित र विपन्नको उपचारमा खर्च गरिनेछ ।

नेपाल नेत्र ज्योति सङ्घ सङ्खुवासभाका अध्यक्ष अनन्तकुमार गौलीले दाताबाट प्राप्त रकम अक्षय कोषका रूपमा राखिने र त्यहाँबाट प्राप्त ब्याजले उपचार गर्न नसक्ने आँखा रोगीहरूको उपचार गरिने बताए ।

यसअघि श्रेष्ठका पाँच दाजुभाइले दिवंगत बुवाआमा तेजबहादुर र रत्नकुमारी श्रेष्ठका नाममा तेजरत्न आँखा अस्पताल निर्माण गर्न रु ५० लाख नगद र छ रोपनी जग्गा नि:शुल्क दान गरेका थिए ।​​

तेजरत्न आँखा उपचार केन्द्रमा वार्षिक चार हजार आँखाका रोगी उपचारका लागि आउने गर्छन् ।

वार्षिक छ सय बढीको मोतियाविन्दुको नि:शुल्क शल्यक्रिया गर्ने गरेको आँखा उपचार केन्द्रले जनाएको छ ।

केन्द्रले कानको समेत उपचार सेवा दिँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्