२४ जेठ २०८३, आइतबार

यी हुन् उपनिर्वाचनका लागि रास्वपाले छानेका ‘कमाण्डर’, उम्मेदवार छान्न प्रारम्भिक निर्वाचन गरिने

कात्तिक २२, २०८१
काठमाडौं
यी हुन् उपनिर्वाचनका लागि रास्वपाले छानेका ‘कमाण्डर’, उम्मेदवार छान्न प्रारम्भिक निर्वाचन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मंसिर १६ गतेलाई तय भएको स्थानीय तहको उपनिर्वाचनका लागि नेताहरूको जिम्मेवारी तोकेको छ ।

बिहीबार केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक एवं केन्द्रीय सदस्य गणेश पराजुलीको अध्यक्षतामा बसेको बैठकले उपनिर्वाचनमा परिचालनका लागि सातै प्रदेशमा नेताहरूलाई जिम्मेवारी तोकेको हो  । 

जसअनुसार कोशी प्रदेशमा केन्द्रीय सदस्य तथा सांसद निशा डाँगी, मधेशमा केन्द्रीय सदस्य तथा सांसद डा. चन्दा कार्की, बागमतीमा केन्द्रीय सदस्य तथा सांसद शिशिर खनाललाई जिम्मेवारी दिइएको छ ।

यसैगरी, गण्डकीमा केन्द्रीय सदस्य तथा सांसद विन्दवासिनी कांसकार, लुम्बिनीमा केन्द्रीय सदस्य कुसुम महर्जन, कर्णालीमा कोषाध्यक्ष लिमा अधिकारी र सुदूरपश्चिममा केन्द्रीय सदस्य विष्णु कुमार श्रेष्ठलाई निर्वाचन परिचालनको जिम्मेवारी दिइएको छ ।

केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक पराजुलीका अनुसार रास्वपाका तर्फबाट स्थानीय तह उपनिर्वाचनमा उठाइने उम्मेदवार चयन गर्न प्रारम्भिक निर्वाचन गरिने भएको छ । जसका लागि कार्यतालिका समेत सार्वजनिक गरिएको छ । स‌ंयोजक खनालका अनुसार प्रारम्भिक निर्वाचनका लागि कात्तिक २२ देखि २५ गतेसम्म  दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने छ । 

प्रारम्भिक उम्मेदवारहरूको नामावली कात्तिक २५ गते राति ८ बजेसम्म प्रकाशन गरिने छ । कात्तिक २६ गते साँझ ५ बजेसम्म प्रारम्भिक उम्मेदवारीउपर दाबी विरोधको समय तोकिएको छ । 

संयोजक खनालका अनुसार  कात्तिक २७ गते साँझ ५ बजेसम्म उम्मेदवारसँग छलफल गरिनेछ, कात्तिक २७ गते उम्दवारको अन्तिम नामावली प्रकाशन गरिनेछ, कात्तिक २८ गते साँझ ७ बजेसम्म मतदान/निर्णय गरिनेछ । प्रारम्भिक निर्वाचनको नतिजा कात्तिक २९ गते दिउँसो १ बजे प्रशासन गरिनेछ । 

salt training

कमेन्ट गर्नुहोस्