१४ असार २०८३, आइतबार

करेन्ट लागेर १ जनाको मृत्यु, २ घाइते

कात्तिक २२, २०८१
काठमाडौं
करेन्ट लागेर १ जनाको मृत्यु, २ घाइते

मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन्। 

भीमफेदी गाउँपालिका–८ दोभानस्थित नेपाली सेनाको सडक निर्माण कार्यदल सिस्नेरी वेस क्याम्पमा कार्यरत रहेका उनीहरूलाई करेन्ट लागेको हो ।

सञ्चार उपकरणको पाइप गाड्ने क्रममा हाइटेन्सन बिजुलीको तारमा पाइपले छुँदा करेन्ट लागेर डँडेलधुराको गन्याधुरा गाउँपालिका–१ निवासी २९ वर्षीय पदमबहादुर दियालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।​

उनका अनुसार दियाल लेसनायक पदमा कार्यरत थिए ।

करेन्ट लागेर डँडेलधुराको अमरगढी नगरपालिका–२ निवासी २९ वर्षीय लेसनायक विनोद केसी र पाल्पा रामपुर नगरपालिका–६ निवासी २१ वर्षीय सिपाही युवराज कुमाल घाइते भएका प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।

घाइते दुवै जनालाई उपचारका लागि हेलिकप्टरमार्फत आर्मी अस्पताल छाउनी पठाइएको छ ।

मृतकको शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं पठाइएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्