
तेस्रो पोखरा अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियेगिताको तयारी अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड र हिमालयन टुरिजम फोरम पोखराको संयुक्त आयोजनामा यही कात्तिक २४ गते प्रतियोगिता आयोजना भएका हुन् ।
आज आयोजित पत्रकार सम्मेलनमा हिमालयन टुरिजम फोरम, पोखराका अध्यक्ष विश्वशङ्कर पालिखेले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । खेलकुदका माध्यमबाट दुुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि प्रतियोगिता महत्वपूर्ण बन्ने उहाँले विश्वास व्यक्त गरे ।
प्रतियागितामा सहभागिताका लागि चीनको कुनमिङबाट एक सय ३४ जना सहभागी र समर्थक चार्टर्ड उडानमार्फत आज पोखरा विमानस्थलमा अवतरण भएका छन् । प्रतियोगितामा चार वटा विधाका दौडमा एक हजार दुई सय जना खेलाडीले सहभागिता जनाउने हिमालय टुरिजम फोरमका मिडिया संयोजक ई प्रतीकराज पहारीले जानकारी दिए ।