
दोलखा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
बिहीबार साँझ ५ बजेर ५६ मिनेटमा दोलखाको ओराङ केन्द्रविन्दु भएर ४.६ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का दोलखासँगै आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।
क्षतिको कुनै विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ ।