२७ जेठ २०८३, बुधबार

भान्सामा आगलागी हुँदा १० लाखको क्षति

कात्तिक २३, २०८१
झापा
भान्सामा आगलागी हुँदा १० लाखको क्षति

बिर्तामोड नगरपालिकास्थित एक घरमा गएराति आगलागी हुँदा १० लाखबराबरको क्षति भएको छ ।

बिर्तामोड–८ प्याकुरेल चोकका शिवलाल गौतमको भान्सा कोठामा अचानक आगलागी हुँदा झण्डै १० लाख क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए ।

आगलागीबाट भान्सा पूर्ण रूपमा जलेर नष्ट भएको छभने एक स्कुटरसमेत जलेको छ । 
आगलागीबाट घरको दक्षिणतर्फको बरण्डाको भागसमेत जलेर क्षति पुगेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्