३१ जेठ २०८३, आइतबार

जापानी कार निर्माता निसानको ठूलो घोषणा, ९ हजारले जागिर गुमाउने

कात्तिक २३, २०८१
काठमाडौं
जापानी कार निर्माता निसानको ठूलो घोषणा, ९ हजारले जागिर गुमाउने

जापानी कार निर्माता कम्पनी निसानले ठूलो संख्यामा कर्मचारी कटौती गर्ने घोषणा गरेको छ । कटौतीको नयाँ घोषणाअन्तर्गत करिब ९ हजार कर्मचारीले जागिर गुमाउने भएका छन् ।

विश्वव्यापी उत्पादन समस्या र चीन र अमेरिकामा घट्दो बिक्रीका कारण यस्तो निर्णय गरिएको कम्पनीले जनाएको छ । विश्वव्यापी रूपमा कम्पनीको उत्पादन करिब पाँच प्रतिशतले घटेको बीबीसीले जनाएको छ । 

निसानका प्रमुख कार्यकारी अधिकृत माकोतो उचिडाले बीबीसँग भने, 'यी परिवर्तनहरूले कम्पनी आफैं संकुचित हुँदैछ भन्ने होइन । निसानले पनि आफ्नो व्यवसाय बढाउन र यसलाई थप लचिलो बनाउनको लागि पुनर्संरचना शुरू गर्नेछ ।'

salt training

कमेन्ट गर्नुहोस्