२८ जेठ २०८३, बिहीबार

राजस्व छलीको आशंकामा सामान लिएर फर्किँदै गरेको सुरक्षाकर्मीको गाडीमा ढुंगामुढा

कात्तिक २३, २०८१
बुटवल
राजस्व छलीको आशंकामा सामान लिएर फर्किँदै गरेको सुरक्षाकर्मीको गाडीमा ढुंगामुढा

रूपन्देहीको दक्षिणी सीमा क्षेत्रबाट राजस्व छलीको आशंकामा सामान नियन्त्रणमा लिएर फर्किने क्रममा सुरक्षाकर्मीको गाडीमा ढुंगामुढा भएको छ । 

बिहीबार राति लुम्बिनी सांस्कृतिक नगरपालिका–२ स्थित मुझानमा सुरक्षाकर्मीको सवारीसाधनमा ढुंगामुढा भएको हो । 

रूपन्देही प्रहरी प्रवक्ता लक्ष्मी खनालले ११२ बोरा राजश्व छलेर ल्याएको चिनी नियन्त्रणमा लिएपछि सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास भएको बताइन् । 
सोही स्थानका ३२ वर्षीया ३२ वर्षीय दीलिप लोधको घरमा खानतलासी गर्दा ११२ बोरा चिनी राजस्व छलेको आशंकामा नियन्त्रणमा लिएर फर्किने क्रममा १५०/२०० जना स्थानीयले बाटो अवरोध गरेर चिनी लुटपाट गर्ने मनसायले सुरक्षाकर्मीको सवारीसाधनमा ढुंगामुढा गरेको खनालले बताइन् ।

स्थानीयको भिडले ढुंगामुढा गर्दा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश लुम्बिनी रूपन्देहीको ना १ झ १४७७ नम्बरको गाडीको दाँयातर्फको झ्यालको दुइटा सिसा फुटेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्