०८ असार २०८३, सोमबार

धार्के-सीतापाइला सडक आजदेखि १५ दिन बन्द हुने

कात्तिक २३, २०८१
काठमाडौं
धार्के-सीतापाइला सडक आजदेखि १५ दिन बन्द हुने
फाइल तस्वीर

काठमाडौंको सीतापाइला र धादिङको धार्के जोड्ने सडक आजदेखि पुनः १५ दिन बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङले सडक स्तरोन्नतिका निम्ति आजदेखि १५ दिन सडक बन्द गर्न लागिएको जानकारी दिएको हो ।

धार्के–ठूलोखोला खण्डमा दोस्रो लेयरको कालोपत्र गर्ने काम शुरू भएको भन्दै यसअघि धार्के–सितापाइला सडकखण्ड कात्तिक ४ गतेदेखि बन्द गरिएको थियो ।

विकल्पको रुपमा गल्छी–विदुर–छहरे–टोखा वा धार्के–नौबिसे–नागढुंगा सडक प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।​null

salt training

कमेन्ट गर्नुहोस्