
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक शनिबार बिहान पार्टी कार्यालय वनस्थलीमा बस्नेछ ।
बैठकमा आसन्न उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
'हामी आगामी मङ्सिर १६ मा हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुँदैछौं । उपनिर्वाचनको तयारी तथा समग्र राष्ट्रिय राजनीतिक मुद्दाका विषयमा मिहिन ढङ्गबाट छलफल गर्छौं,' सहमहामन्त्री बुर्लाकोटीले भने, 'बैठकमा पार्टीको राजनीतिक, साङ्गठनिकलगायत समसामयिक विषयमा छलफल हुनेछ ।'