१४ असार २०८३, आइतबार

बोलेरो गाडीको ठक्करबाट साइकलयात्रीको मृत्यु

कात्तिक २३, २०८१
चितवन
बोलेरो गाडीको ठक्करबाट साइकलयात्रीको मृत्यु

चितवनमा बोलेरो गाडीको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–५ स्थित नयन चोकमा आज मध्यान्ह १२ बजे ना ४ च ६९५१ नम्बरको बोलेरोले साइकललाई ठक्कर दिँदा साइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पर्सा सखुवाप्रसौनी गाउँपालिका–४ घर भई हाल गैँडाकोट नगरपालिका–५ मा डेरा गरी बस्दै आएका १७ वर्षीय ईशान अन्सारी रहेका छन् ।​

बोलेरोको ठक्करबाट गम्भीर घाइते भएका अन्सारीको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले बताए । 

ठक्कर दिने बोलेरो र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्