
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल–बङ्गलादेशबीच जनस्तरमा सम्बन्ध विस्तार हुनुपर्ने बताएका छन् ।
साउथ एसिया विजनेश पार्टनरशीपले आज आयोजना गरेको ‘एशियन बिजनेश पार्टनरसीप समिट तथा अवार्ड वितरण समारोह’ मा उनले पाँच दशक लामो सम्बन्ध रहेको नेपाल र बङ्गलादेशबीच रहीआएको सम्बन्ध जनस्तरमा विस्तार हुनुपर्ने बताए ।
ऊर्जामन्त्री खड्काले नेपाल र बङ्गलादेशबीच भर्खरै ऊर्जा क्षेत्रमा समेत व्यापारिक सम्बन्ध विस्तार गरेको बताए ।
बङ्गलादेश कृषि क्षेत्रमा आत्मनिर्भर भई विदेशमा समेत बिक्रीवितरण गर्दै आएको भन्दै मन्त्री खड्काले बङ्गलादेशबाट नेपालले समेत पाठ सिक्न जरुरी रहेको बताए ।