३१ जेठ २०८३, आइतबार

सुर्खेतमा भएको दुर्घटनाका सबै मृतकको सनाखत

कात्तिक २३, २०८१
सुर्खेत
सुर्खेतमा भएको दुर्घटनाका सबै मृतकको सनाखत

दैलेखदेखि सुर्खेत आउँदै गरेको फोर्स गाडी वीरेन्द्रनगर नगरपालिका-१४ सुर्खेतस्थित रातानाङ्लामा भएको दुर्घटनाका मृतकको सनाखत भएको छ । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माका अनुसार दुर्घटनामा भैरवी गाउँपालिका-५ दैलेखका ३८ वर्षीय गाडी चालक सुरेश केसी, सोही गाउँपालिका-२ का ३६ वर्षीय कर्ण विष्ट, २१ वर्षीया सङ्गीता विष्ट र वडा नं १ का १७ वर्षीया दिपिका महताराको मृत्यु भएको हो । 

उनले भने, “दुर्घटनाको खबर आउनेबित्तिकै सुर्खेतका प्रहरी प्रमुख रुपेश खड्कासहितको टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले ३० जनालाई उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्याउँदा चिकित्सकले चार जनाको मृत्यु भएको घोषणा गरेका थिए ।” घाइतेहरूको प्रदेश अस्पतालमा उपचार भइरहेको र तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।  
कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको फोर्स गाडी आज दिउँसो दुर्घटना भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्