
अमेरिकी राष्ट्रपति चुनाव जितेपछि डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न तयार रहेको बताएका छन् । 'मलाई लाग्छ हामी वार्ता गर्नेछौं,' ट्रम्पले एनबीसी न्यूजलाई भनेका छन् ।
रुसी समाचार एजेन्सी टासका अनुसार ट्रम्पले आफ्नो कुराकानीमा पुटिनसँग आफूले अहिलेसम्म वार्ता नगरेको बताएका छन्, तर उनले यो सम्भावनालाई पनि अस्वीकार गरेका छन् ।
ट्रम्पले अहिलेसम्म भोलोडिमिर जेलेन्स्की र इजरायली प्रधानमन्त्री बिन्यामिन नेतान्याहुलगायत विश्वभरका ७० नेताहरूसँग कुरा गरिसकेका छन्।
ट्रम्पले आफू र बाइडेनबीच चाँडै नै सँगै डिनर गर्ने सहमति भएको पनि बताए ।
सन् २०१६ मा पनि राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको अभियानलाई बढावा दिन रुसी हस्तक्षेपको आरोप लागेको थियो । तर, रुसले पनि त्यस्ता सबै आरोप अस्वीकार गरेको छ ।