२६ असार २०८३, शुक्रबार

जीपी कोइराला स्वासप्रश्वास केन्द्रमा तत्काल ‘डायलासिस मशिन’ जडान गर्न स्वास्थ्यमन्त्रीको निर्देशन

कात्तिक २४, २०८१
तनहुँ
जीपी कोइराला स्वासप्रश्वास केन्द्रमा तत्काल ‘डायलासिस मशिन’ जडान गर्न स्वास्थ्यमन्त्रीको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जीपी कोइराला स्वासप्रश्वास उपचार केन्द्रमा ‘डायलासिस मशिन’ जडान गरी  मिर्गौला उपचार सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।

तनहुँको शुक्लागण्डकी नगरापालिका–५ बेलचौतरास्थित केन्द्रको  आज निरीक्षण गर्दै उनले मशिन खरिद गर्न मन्त्रालयले प्राथमिकता दिने जानकारी दिए ।

उनले भने, 'मशिन जडान गरी मिर्गौलाको डायलासिस सेवा प्रवाह गर्नुहोस्, मशिनका सबै प्रबन्ध मन्त्रालयले गर्नेछ ।'

छिमेकी जिल्लावासीले सेवा लिने अस्पतालमा यस सेवा अत्यावश्यक भएकाले तुरुन्तै सेवा प्रवाहलाई प्राथमिकता दिनुपर्नेमा उनको जोड छ । 

उपचार केन्द्रलाई तीन सय शय्यामा विस्तार गर्न लागि आवश्यक पूर्वाधारको निम्ति पहल भइरहेको र अब छिट्टै टुङ्गो लाग्ने उनले जानकारी गराए । केन्द्रका निर्देशक डा रामकुमार श्रेष्ठले डायलासिस सेवा प्रवाहका लागि स्थानको निर्माण भइरहेको बताए । 

उनले भने, 'पूर्वाधार तयार भइरहेको छ, छिट्टै उपचार केन्द्रबाट डाइलासिसको सेवा प्रवाह गर्ने तयारी भएको छ, कर्मचारी छनोट गरी तालिममा पठाएका छौं, पूर्वाधारका साथै कर्मचारीसमेत तयार गरिरहेका छौं ।'

उपचार केन्द्रबाट छिट्टै डायलासिसको सेवा प्रवाह गर्ने तयारी भएको छ ।

यस अस्पतालमा डायलासिस सेवा प्रवाह हुन थालेपछि तनहुँका साथै कास्की, स्याङ्जा, नवलपुर, पाल्पा जिल्लावासी लाभान्वित हुनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्