२४ जेठ २०८३, आइतबार

पर्यटन प्रवर्द्धनका लागि पाल्पामा साइकल यात्रा

कात्तिक २४, २०८१
पाल्पा
पर्यटन प्रवर्द्धनका लागि पाल्पामा साइकल यात्रा

पाल्पाका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि सम्पदा साइकल यात्रा [हेरिटेज राइड] गरिएको छ। सम्पदा यात्रामा देशभरका १ सय ५०  भन्दा बढी साइकल यात्रीले सहभागिता जनाएका छन्।

पाल्पा दरबार संग्रहालय तानसेनबाट शुरू भएको साइकल यात्रा रिब्दिकोट भैरवस्थान मन्दिर, ख्याहाको पर्यटकीय क्षेत्र, तानसेन-१४ को अर्गली दरबार, रूरू ऋषिकेश मन्दिर, रानीमहल, देवदत्तपार्क, लिस्ने भीर लगायतका धार्मिक तथा ऐतिहासिक क्षेत्रको परिक्रमा गरेर टुंगिएको थियो।

सम्पदा साइकल यात्राको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका उद्योग तथा पर्यटन विकासमन्त्री प्रचण्ड विक्रम न्यौपानेले पाल्पाको पर्यटन प्रवर्द्धनमा  सम्पदा यात्राले ठूलो टेवा पुग्ने विश्वास लिए।  साथै, पाल्पालाई साइकल हबको रूपमा स्थापित गर्न धेरै सहयोग पुग्ने उनको अपेक्षा छ। ​

नेपालभरबाट १४ वर्षदेखि ६५ वर्ष उमेरसम्मका व्यक्तिहरू साइकल यात्रामा सहभागी भएका पाल्पा साइक्लिङ संघका अध्यक्ष रूपेश महर्जनले जानकारी दिए। साइकल यात्रामा अपाङ्गता भएका २ र एक जना महिलाको पनि सहभागिता थियो। 

salt training

कमेन्ट गर्नुहोस्