१४ असार २०८३, आइतबार

एमाले नै कांग्रेसको राजनीतिक प्रतिष्पर्धी हो : नेता डा कोइराला

कात्तिक २४, २०८१
काठमाडौं
एमाले नै कांग्रेसको राजनीतिक प्रतिष्पर्धी हो : नेता डा कोइराला

 नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशका दुई ठूला दल कांग्रेस र नेकपा (एमाले) हाल सरकारमा रहे पनि यी दुवै पार्टी नै मुख्य राजनीतिक प्रतिस्पर्धी रहेको बताएका छन् । 

आज कांग्रेस त्रियुगा नगरपालिका–११ ले आयोजना गरेको स्वर्गीय बिपी कोइरालाको शालीक अनावरण कार्यक्रममा उनले बाध्यात्मक परिस्थितिमा दुई पार्टी मिलेर सरकार बनाउनु परे पनि आगामी दिनम यी दुवे पार्टी नै प्रतिस्पिर्धी भएको कुरालाई ध्यानमा राखी सङ्गठनका काममा लाग्नुपर्नेमा जोड दिए ।

 “अहिले देशमा राजनीतिक अवस्था सङ्क्रमणको अवस्थाबाट गुज्रिरहेको छ । देशको राजनीतिक परिस्थितिले ठूला दल एमाले र कांग्रेस मिलेर सरकार सञ्चालन गर्न बाध्य हुनुपरेको छ तर यी दुई दल नै आगामी दिनमा राजनीतिक प्रतिष्पर्धी दल हुन् भन्ने कुरालाई बिर्सिनुहुँदैन”, नेता डा कोइरालाले भने,“आगामी मङ्सिर १६ गते हुन गइरहेको उपनिर्वाचनलगायत आगामी २०८४ सालको आम निर्वाचनमा हुने त्यही हो । त्यसैले यस कुरालाई ख्याल गरेर अगाडि बढ्नुपर्छ ।”

उनले सरकारमा रहेका पार्टीको प्रतिनिधित्व गर्ने नेताहरूले जनताले अनुभूति गर्ने गरी परिणाममुखी काम गर्नुपर्ने तथा आमकार्यकर्ताले सरकारले गुण र दोषका आधारमा सरकारका काममा खबरदारी एवं प्रशंसा गर्नुपर्ने धारणा राखे । 

salt training

कमेन्ट गर्नुहोस्