×

NIC ASIA

काठमाडौं, २३ कात्तिक– काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाको सदस्यमा उम्मेदवारी दिएका पूर्व स्वास्थ्यमन्त्री गगन थापा यतिवेला चुनावी कार्यक्रममा व्यस्त छन् । आइतबारदेखि मतदाताको घरघरमा पुगेर मत माग्दै हिडेका थापाले आइतबार डिल्लीबजार क्षेत्र, सोमबार रातोपुल क्षेत्र र मंगलबार कपनको विभिन्न बस्तिमा पुगेर जनतासंग भोट मागे । माइक स्पिकर र पार्टीको झण्डा बोकेका कार्यकर्ता र शुभचिन्तकहरुको साथमा उनी चुनावी प्रचारमा लागेका छन् । 


मंगलबार विहान कपनको तल्लो क्षेत्रमा चुनावी प्रचारमा लागेका गगन दिउँसोको समयमा राष्ट्रिय शहिद तथा निजामती पार्क परिसरको जगडोल क्षेत्रका घरघरमा पुगेर भोट माग्दै हिडे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


गगनको प्रचारमा ६८ वर्षीया भट्टराई


Advertisment
Rupse Holidays
Nabil box


युवाहरुको माझमा लोकप्रिय थापाको प्रचारप्रसारमा पार्टीको झण्डा बोकेर कांग्रेसका नारा लगाउँदै उनका कार्यकर्ताहरु चुनावी प्रचारमा जुटेका थिए । गगनको प्रचारमा युवाहरु मात्रै थिएनन् । उनको प्रचारमा कपनका ६८ वर्षीया वृद्ध नन्दलाल भट्टराई पनि पर्चा बोकेर जनतालाई बाढ्दै थिए ।

Vianet communication

सेतै फुलेको कपाल माथि नेपाली ढाका टोपी,दौरा सुरुवाल र स्टकोट र गलामा फेटा बाधेका  भट्टराई विहान ७ बजेदेखी थापाको प्रचारमा हिडेका थिए । स्टकोटको खल्तीमा गगनको चुनावी पर्चा बोकेका भट्टराई दिउँसो ३ बजे जगडोलको डाडामा पुगेर चिया विस्कुट खाए ।


जगडोलमा चिया विस्कुट खादै गरेका भट्टराईले लोकान्तरसँगको कुराकानीमा भने ‘म त यहाँका स्थानीयहरुलाई गगनलाई जिताउनु पर्छ भनेर हिडेको, गगन थापा कांग्रेसको राम्रो नेता हुन् ।’ गगन थापाले जनताको घरघरमा पुगेर नमस्कार गर्दै गर्दा उनी ती मतदाताहरुलाई गगनको पर्चा बाड्नमा व्यस्त थिए ।


गगनले सुने मतदाताको कविता


मंगलबार दिउँसो जगडोल क्षेत्रमा भोट माग्दै गरेर गगनले मतदाताको कुरा मात्रै सुनेनन्, कविता पनि सुने । भोट माग्दै हिडेका गगनले भोट दिने आश्वासन मात्रै पाएनन् । घरदलोमा पुगेर भोट माग्दै गरेका गगनलाई मतदाताहरुले छिटै प्रधानमन्त्री बन्नु भनेर आशिर्वाद समेत दिए । 


भोट माग्दै हिडेका स्थानीय मतदाताले दिएको आशिर्वाद पाउदा थापा निकै मख्ख थिए । जगडोलको एक स्थानीय होटमा भोट माग्दै पुगेका थापालाई जगडोलका स्थानीय राममणी पौडेलले भोट दिने आश्वासन संगै कविता समेत सुनाए । पौडेलले होटलको कुर्ची माथि उभिएर गगनलाई आफ्नो कविता सुन्न आग्रह गरे । गगनले पौडेललको आग्रह सहजै स्वीकार गरीदिएपछि उनले आफ्नो कविता सुनाउन थाले ।  
पौडेलले कांग्रेस र गगनको प्रशंसा गर्दै कविता लेखेर गगनलाई सुनाए । गगन पौडेलको कविता निकै ध्यान दिएर सुन्दै थिए । पौडेलले गगनलाई कविता मात्रै सुनाएनन्  । गगनको लागि भोट हाल्न आगूह गर्दै २ मिनेट गगनकै अगाडि भाषण पनि दिए । 


गगनको २० कप चिया


विहान ७ बजेदेखि चुनावी प्रचारमा लागेका गगनलाई गाउँगाउँमा पुग्दा जनताले फूल र दोसल्ललाले स्वागत समेत गरे । मतदाताको घरघरमा भोट माग्न व्यस्त भएका गगनलाई भोट माग्न जाँदा स्थानीयले भोट दिने आश्वासन गर्दै दहि,केरा, अमिलो, भोगटे र चिया पनि खुवाएर पठाएका छन् । 

आफ्नो घर सम्मै आइपुगेको थापालाई स्थानीयले खाली मुख पठाएका छैनन् । मंगलबार जगडोलमा घरदैलो अभियानको क्रममा मतदाताको घरघरमा पुगेका थापाले लोकान्तरसंग  भने,‘दिनमा बीस कप भन्दा बढी चिया खाएको छु । मतदाताले माया गरेर दिनभएको हुन्छ नखान पनि मिलेन । मतदाताले दहि, केरा देखी चिया खुवाउनु हुन्छ ।’ 


‘कहिलेकाही त खाना नै मतदाताले खुवाएको दहि, केरा, चिया हुन्छ । घरदैलो अभियानको बेला त उम्मेदवारलाई सबैले खुवाउछन् । हामी खाको खाइ कार्यकर्ता भोकै पनि हुनसक्छन् ।’ थापाले आफ्नो चुनावी प्रचारलाई विहान ७ बजे देखि १२ र दिउँसो २ देखि साँझसम्म गरेर  विभाजन गरेका छन् । 


अबको एक महिना काठमाडौं क्षेत्र नंबर ४ का मतदाताको घरघरमा पुग्ने भोट माग्ने र चुनावी सभाको आयोजना गर्ने उनको योजना रहेको छ ।


राजन र सुबुनाको पनि आक्रामक प्रचार


काठमाडौं ४ मा वामपन्थी गठबन्धनको तर्फबाट एमालेका राजन भट्टराई उम्मेवार छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीवार राजनको चुनावी क्षेत्रमा गएर भोट मागेका छन् । ओलीले भट्टराईलाई भावी परराष्ट्रमन्त्रीको रुपमा चित्रण गर्दै भोट मागे । 


काठमाडौं ४ मा विवेकशील साझा पार्टीकी सुबुना बस्नेत पनि प्रतिनिधिसभा तर्फ नै उम्मेदवार छिन् । २६ बर्षीया सुबुनाले पनि आक्रामक प्रचार गरिरहेकी छिन् । भर्खरै एमबीएको अध्ययन सकेर राजनीतिमा होमिएकी सुबुना आफूले नै चुनाव जित्ने दावी गर्दै आएकी छिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x