०६ साउन २०८३, बुधबार

बागीमाथि माओवादीको एक्सन, एमालेलाई हाइसञ्चो !

कात्तिक २३, २०७४
बागीमाथि माओवादीको एक्सन, एमालेलाई हाइसञ्चो !

४ बागी उम्मेदवारसहित १० नेतालाई माओवादी केन्द्रले पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ । 

वाम तालमेलअनुसार निर्वाचन क्षेत्र बाँडफाँडमा भएको निर्णय र पार्टीले तोकेको उम्मेदवारको विरुद्धमा सल्यान र हुम्ला जिल्लामा बागी उम्मेदवारी दिने तथा प्रस्ताव र समर्थक बस्नेहरुलाई पार्टीको सदस्यतासमेत नरहने गरी अनुशासनको कारबाही गरिएको हो । 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहीबार जारी गरेको विज्ञप्तिमा उम्मेदवार उमाकान्त शर्मा, छक्कबहादुर लामा, भीमप्रकाश शर्मा र जितबहादुर पुनलाई कारबाही गरिएको उल्लेख छ । यस्तै र प्रस्ताव र समर्थक बस्ने प्रमोद श्रेष्ठ, शालिकराम भट्टराई, सेतीराम ओली, हरिलाल डिसी, टंक ढकाल र किर्तिबहादुर राना कारबाहीमा परेको उल्लेख छ । माओवादीले बागीमाथि एक्सन लिएसँगै वामसहयात्री दल एमाले र उसका आधिकारिक उम्मेदवारलाई राहत मिलेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्