०५ साउन २०८३, मंगलबार

लुम्बिनीमा विपद्‌बाट पाँच करोडभन्दा बढी क्षति

कात्तिक २७, २०८१
दाङ
लुम्बिनीमा विपद्‌बाट पाँच करोडभन्दा बढी क्षति

लुम्बिनी प्रदेशमा विभिन्न विपद्बाट पाँच करोड ५० लाखभन्दा बढी क्षति भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी गङ्गाधर पाण्डेयका अनुसार विपद्का कारण चालु आर्थिक वर्षको कात्तिकसम्म पाँच करोड ५८ लाख ५२ हजार बराबरको क्षति भएको हो ।

सबैभन्दा बढी रोल्पामा एक करोड ७१ लाख ४९ हजारको क्षति भएको उनले बताए । 

लुम्बिनीमा चार सय ५२ घटना भएकामा एक सय १४ जनाको मृत्यु भएको छ भने दुई सय २९ घाइते भएका छन् ।

विपद्बाट १० जना बेपत्ता भएका छन् भने एक सय १५ संरचना पूर्ण रूपमा क्षति भएका सूचना अधिकारी पाण्डेयले बताए । उनका अनुसार तीन सय २३ संरचनामा आंशिक क्षति भएको छ । 
लुम्बिनीमा बाढी, पहिरो, डुबानबाट उक्त क्षति भएको हो । पहाडी क्षेत्रमा पहिरो तथा तराईमा बाढी र डुबानले बढी क्षति भएको पाण्डेयले बताए ।

salt training

कमेन्ट गर्नुहोस्