२३ जेठ २०८३, शनिबार

रविलाई आज रूपन्देही ल्याइँदै, रास्वपाले प्रदर्शन गर्ने

कात्तिक २७, २०८१
बुटवल
रविलाई आज रूपन्देही ल्याइँदै, रास्वपाले प्रदर्शन गर्ने

सहकारी ठगीको आरोपमा प्रहरी अनुसन्धानमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई आज (मंगलबार) रूपन्देही ल्याइने भएको छ । सहकारी ठगीमा रूपन्देही जिल्ला अदालतको पक्राउ पुर्जीअनुसार कास्की प्रहरीले लामिछानेलाई आज बिहान रूपन्देही पठाउन लागेको हो ।  

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोपमा जाहेरी रहेकोले अनुसन्धानका लागि बयान लिन रविलाई भैरहवा ल्याउन लागिएको रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रञ्जित सिंह राठौरले जानकारी दिए । सुप्रिम सहकारीबाट लामिछानेको नाममा २ करोड रूपैयाँ गएको देखिन्छ ।

रूपन्देही प्रहरीले यसअघि गोर्खा मिडिया नेटवर्कका सञ्चालक एवं पूर्वडीआईजी छविलाल जोशीसँग भैरहवामा बयान लिएर पोखरा पठाएको थियो ।

रविलाई बुटवल ल्याउने तयारीसँगै नेता, कार्यकर्ता र समर्थकहरूले प्रदर्शनको तयारी गरेका छन् । 

‘राजनीतिक प्रतिशोध विरुद्धको ऐक्यबद्धताका लागि’ भन्दै कार्यकर्ताले भैरहवास्थित लुम्बिनी गेटमा प्रदर्शन गर्न लागेका हुन् । रास्वपा नेता बुद्धि शर्माले मंगलबार बिहान प्रदर्शनको तयारी भएको बताए । 

लामिछाने कात्तिक २ मा काठमाडौंबाट पक्राउ परेका थिए । उनी पक्राउको विरोधमा नेता कार्यकर्ताले निरन्तर प्रदर्शन गर्दै आएका छन् । तर, पछिल्लो समय प्रदर्शनमा जनसहभागिता भने न्यून रहँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्