१२ असार २०८३, शुक्रबार

विष्फोटक पदार्थसहित पक्राउ

कात्तिक २३, २०७४
विष्फोटक पदार्थसहित पक्राउ


सल्यान, २३ कात्तिक - विष्फोटक पदार्थसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

सल्लीबजार–जाजरकोट सडक खण्डमा ट्राफिक जाँचका क्रममा वनगाड कुपिण्डे नगरपालिका– १ देवस्थलका २४ वर्षीय राजु भण्डारीलाई पक्राउ गरिएको हो । मोटरसाइकलको कागजात जाँच गर्ने क्रममा भण्डारीका साथबाट ७०० ग्राम जिलेटिन फेला परेको इलाका प्रहरी कार्यालय सल्लीबजारले जनाएको छ । 

अभियुक्त भण्डारीलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र थप अनुसन्धानपछि मुद्दा दायर गरिने प्रहरीले जनाएको छ । भेरी नदीमा माछा मार्नका लागि जिलेटिन ल्याइएको हुन सक्ने प्रहरीको अनुमान छ । भेरीमा माछा मार्नका लागि यसअघि पनि जिलेटिन प्रयोग हुँदै आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्