२२ जेठ २०८३, शुक्रबार

पार्टी एकीकरणका विषयमा प्रचण्डले गरे नयाँ खुलासा

कात्तिक २३, २०७४
पार्टी एकीकरणका विषयमा प्रचण्डले गरे नयाँ  खुलासा


चितवन, २३ कात्तिक - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र)बीच पार्टी एकीकरणका विषयमा जनयुद्धका समयमा ५० औँ पटक वार्ता भइसकेको जानकारी दिएका छन्  । 

अखिल नेपाल महिला संघ र अखिल नेपाल महिला संघ (क्रान्तिकारी)द्वारा संयुक्त रुपमा आयोजित वाम गठबन्धनको संयुक्त महिला भेला तथा राजनीतिक प्रशिक्षण कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले  जनमुक्ति सेनाको घेराबीचमा रोल्पाको रोसेवाङ्गमा दुई पार्टीबीचमा लिखित सम्झौता भएपछि मात्रै १२ बुँदे समझदारी भएको बताए  । 

उनले भने,  “सशस्त्र द्वन्द्वको १० वर्षभित्र लगातार ५० औँ पटक दुई पार्टीका बीचमा वार्ता भएको छ”, दाहालले थपे , “एमाले र माओवादीबीचमा पहिलो लिखित सम्झौता रोल्पामा भएको हो जसमा संविधानसभामा जाने, सामन्तवादविरुद्ध जाने उल्लेख थियो ।” त्यसले अहिले आधारशिलाको काम गरेको उनको  भनाइ थियो । 
मदन भण्डारी जीवित रहँदै कम्युनिष्ट पार्टी एक हुनुपर्छ भनेर आफूसँग छलफल भएको उनले  स्मरण गरे  । माओवादी शान्ति प्रक्रियामा आइसकेपछि पनि धेरै पटक पार्टी एकीकरणको प्रयास भएको बताउँदै उनले भने, “पहिलो संविधानसभाको निर्वाचनअघि धेरै पटक पार्टी एकीकरणको प्रयास भएको थियो”, उहाँले अगाडि थप्नुभयो “त्यतिबेला लिखित दस्तावेज बनाइयो, तर सफल भएन ।” 

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य सुरेन्द्रप्रसाद पाण्डेले  एक महिनापछि दुई तिहाइ बहुमतको वामपन्थीको सरकार बनाइने जिकिर गरे  ।
 

salt training

कमेन्ट गर्नुहोस्