१२ असार २०८३, शुक्रबार
जेलमा पूर्वमन्त्री

दीपक मनाङे डिल्लीबजार कारागार चलान

कात्तिक २७, २०८१
काठमाडौं
दीपक मनाङे डिल्लीबजार कारागार चलान

ज्यान मुद्दामा दोषी ठहर भएका गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)लाई कारागार चलान गरिएको छ ।

मनाङेलाई मंगलबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएर डिल्लीबजार कारागार चलान गरिएको सीआईबी प्रमुख दीपक थापाले जानकारी दिए ।

मनाङेलाई सीआईबीकै टोलीले मंगलबार बिहान सानोभर्‍याङबाट पक्राउ गरेको थियो ।

अर्का गुन्डानाइके चक्रेमिलनमाथि तरबार आक्रमण गरेको अभियोगमा मनाङेलाई ५ वर्ष कैद सजाय सुनाइएको छ ।

यसअघि नै २ वर्षभन्दा बढी कारागार बसिसकेका मनाङे अब २८ महिना कारागार बस्नुपर्नेछ ।

मनाङे गण्डकी प्रदेशका पूर्वमन्त्री समेत हुन् ।

salt training

कमेन्ट गर्नुहोस्