२९ जेठ २०८३, शुक्रबार
डेडिकेटेड र ट्रंक लाइन विवाद

विद्युत् काटिएका उद्योगमा लाइन जोडिदिने प्राधिकरणको निर्णय

कात्तिक २७, २०८१
काठमाडौं
विद्युत् काटिएका उद्योगमा लाइन जोडिदिने प्राधिकरणको निर्णय

नेपाल विद्युत प्राधिकरणले विद्युत आपूर्ति रोकिएका २८ उद्योगमा लाइन जोड्ने निर्णय गरेको छ । 

मंगलबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले कात्तिक ८ गते काटिएको लाइन जोड्ने निर्णय गरेको एक सदस्यले जानकारी दिए ।

गत आइतबार बसेको मन्त्रिपरिषद बैठकले प्राधिकरणलाई २४ घण्टाभित्र लाइन जोड्न निर्देशन दिने निर्णय गरेको थियो । 

त्यसपछि ऊर्जा मन्त्रालयमार्फत लाइन जोड्न दिइएको निर्देशनलाई आज बसेको सञ्चालक समिति बैठकले अनुमोदन गरेको हो ।

सञ्चालक समितिको बैठक सोमवारै बोलाइएको भएता पनि कोरम नपुगेर स्थगित भएको थियो । 

मंगलवार पनि दोस्रो पहलमा बैठक बसेको हो । सञ्चालक समितिको बहुमतले उद्योगमा लाइन जोड्ने निर्णय गरेको प्राधिकरण स्रोतको भनाइ छ ।  

डेडिकेटेड र ट्रंकलाइन बक्यौता नतिरेको भन्दै गत कात्तिक ८ गते प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको ठाडो आदेशमा उद्योगमा लाइन काटिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्