
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपनिर्वाचनमा पार्टीका उम्मेदवारको टिकटमा हस्ताक्षर गर्ने अधिकार कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीलाई दिएको छ ।
मंगलबार बसेको केन्द्रीय समितिको भर्चुअल बैठकले उपनिर्वाचनका लागि निर्वाचनसँग सम्बन्धित कामका लागि हस्ताक्षर गर्ने अधिकार बुर्लाकोटीलाई दिएको हो ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, सभापति पक्राउ लगायतको विषयमा पनि छलफल भएको एक नेताले बताए । १६ मंसिरमा २२ पदका लागि उपनिर्वाचन हुँदैछ ।