२३ जेठ २०८३, शनिबार

सूचनाको हकका अभियानकर्मी सुरेश भुल हत्याको निष्पक्ष छानबिन गर्न माग

कात्तिक २७, २०८१
कैलाली
सूचनाको हकका अभियानकर्मी सुरेश भुल हत्याको निष्पक्ष छानबिन गर्न माग

सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले सूचना माग गरेकै कारण योजनाबद्ध रुपमा हत्या गरिएका कैलालीका सुरेश भुलको घटनाको यथार्थ छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेको छ ।

महासङ्घ जिल्ला कार्यसमिति कैलालीका सदस्यसमेत रहेका भुलको कात्तिक २५ गते साँझ गौरीगंगा नगरपालिका–११ कान्तिपुर टोलस्थित आफ्नै पसलमा बसिरहेका बेला एक समूहले कुटपिट गर्दा निधन भएको अध्यक्ष उमीद बागचन्द र महासचिव अजयकुमार साहले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । 

यस घटनाले देशभरका सूचनाको हकका अभियानकर्मी र महासङ्घलाई स्तब्ध बनाएको विज्ञप्तिमा उल्लेख छ । महासङ्घ अध्यक्ष बागचन्द नेतृत्वको समूहले आजै गृहमन्त्री रमेश लेखकलाई भेट गरी घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाहीको माग गरेको छ ।

कुटपिटबाट गम्भीर घाइते भएका भुलको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको कैलाली प्रहरीले जनाएको छ । घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न महासङ्घले जोडदार माग गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्